नेपालले टस जित्यो, खेल १८ ओभरको हुने

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएको छ । टोलीमा एक परिवर्तन भएको छ । पछिल्लो खेलबाट विवेक यादवको स्थानमा करण केसी टोलीमा आएका छन् ।नेपालले आजको खेल जिते समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घट्ने भएको छ । खेल अव १८/१८ ओभरको हुनेछ । खेल मध्याह्न ११ः४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा सुरु हुने तालिका थियो । तर, वर्षाको कारण ढिलो भयो । वर्षा रोकिएसँगै मैदानमा काम भइराखेको छ । खेल नेपाली समय अनुसार अब १२ : ४५ देखि सुरु हुनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here