माइक्रोसफ्टको आधुनिक एआइ सहायक ‘कोपाइलट’ एक महिना निःशुल्क

काठमाडौं । माइक्रोसफ्टले ल्याएको एआइमा आधारित ‘कोपाइलट’ एक महिना निःशुल्क दिने भएको छ ।

माइक्रोसफ्ट ३६५ एप तथा त्यसका सेवाहरुका लागि तयार गरिएको कोपाइलट को मोबाइल एप्लिकेशन डाउनलोड गर्नेहरुका लागि एक महिनाको परीक्षण स्वरुप निःशुल्क दिने लागेको हो ।

को–पाइलटले लिखित र भ्वाइस दुवैमा नेचुरअल भाषा बुझ्ने गर्दछ । कोपाइलटले इमेलहरु ड्राफ्टमा राख्ने, लामो इमेल वा कागजातहरुको विश्लेषण गर्ने, एक्सेल स्प्रेडसिटमा डेटाको सारांश र ग्राफहरु सिर्जना गर्नेजस्ता काम गर्छ ।

को–पाइलट वेब र एप्लिकेशनमा दुबैमा उपलब्ध रहेको छ । जसका लागि माइक्रोसफ्ट अकाउन्टमार्फत साइन इन-लग इन गरेर प्रयोगकर्ताहरुले एक महिनाका लागि निशुल्क प्रयोग गर्न सक्छन् । नयाँ को–पाइलट प्रोलाई ब्राण्डिङ गर्नका लागि माइक्रोसफ्टले एक महिने निःशुल्क प्रयोग दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here