अब फेसबुकको कमेन्ट एआईले लेखिदिने !

काठमाडौं । फेसबुकमा अब कमेन्ट लेख्न सोचिरहन नपर्ने भएको छ । किनकी मेटाले ल्याउन लागेको एआईको नयाँ भर्सनमा अव आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले नै कमेन्ट लेखिदिने भएको छ ।

मेटाका सिइओ मार्क जुकरबर्गले फेसबुकमा भिडिओ पोस्ट गर्दै मेटा एआई’ को नयाँ भर्सन सबै प्रयोगकर्ताका लागि चाँडै नै सार्वजनिक हुन लागेको जानकारी दिए ।

जसअनुसार फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपको सबैभन्दा माथि एआईको अप्सन देखिनेछ । त्यहीँ ट्याप गरेर प्रयोगकर्ताले आफूले चाहेका प्रश्न सोध्न सक्नुनेछन् ।

हाल फेसबुकले कमेन्ट सेक्सनमा पहिले नै तयार पारिएका कमेन्टहरू उपलब्ध गराएको छ । अब भने ती कमेन्ट आफैंले एआईको सहायताले तत्कालै तयार पार्न सकिनेछ ।

फोटो, पोस्ट अनुसार विश्लेषण गर्छ र त्यसैका आधारमा कमेन्ट तयार पार्छ । अर्को रोचक पक्ष के छ भने कतिपयले फेसबुकमा निराश हुने किसिमका पोस्ट राखेमा एआईले प्रेरणादायी कमेन्ट लेख्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here