साताको पहिलो दिन नेप्सेको ‘ग्रीन सिग्नल’, जगाउला त लगानीकर्ताबीच आशा !

काठमाडौ । आइतबार सेयर बजार १२ दशमलव २९ अंकले बढेर १९८४ को विन्दुमा पुगेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सेयर बजारले आइतवार भने लगानीकर्ताहरुमा आशा जगाएको हो । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २ अर्ब ९ करोडको सेयर खरिदबिक्री भएको थियो । आज ३१० कम्पनीको २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज दोल्ती पावरको सेयरमूल्य सबैभन्दा बढी ९दशमलव८८ प्रतिशत बढेको छ । आज १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ ।

यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १दशमलव९० % बढेको छ । विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यता दिन बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here