अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनीलाई सरुवा गर्ने निर्णय

काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई नियुक्त गरेको हो ।

उनी पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि निलम्बनमा परेका थिए । तर अदालतले उनलाई सफाइ दिएको छ । यससँगै उनको निलम्बन फुकुवा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here