प्रधानमन्त्री र कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुँदै, द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । नेपालमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन् ।

दुईदिने भ्रमणका क्रममा मंगलबार अपराह्न नेपाल आइपुगेका थानीले बुधबार बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि उनीहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

यसअघि थानीले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गरेका थिए । कतारी राजाको सम्मानमा राष्ट्रपति पौडेलले रात्रिभोज आयोजना गरेका थिए । थानी आजै अपराह्न स्वदेश फर्किनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here