टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा अमेरिकी राष्ट्रपतिले गरे हस्ताक्षर

बीबीसी । संयुक्त राज्य अमेरिकाको सिनेटले एउटा विवादास्पद विधेयक अनुमोदन गरेको छ जसले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्छ।

यो विधेयकले टिकटकको स्वामित्व भएको चिनियाँ कम्पनी बाइटड्यान्सलाई नौ महिनाभित्र आफ्नो स्वामित्व बिक्री गर्ने वा अमेरिकामा प्रतिबन्ध खेप्ने विकल्प दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् ।

टिकटकलाई अमेरिकामा बेच्न वा प्रतिबन्ध लगाउन सक्ने विधेयकमा राष्ट्रपति बाइडेनले बुधबार हस्ताक्षर गरेका हुन्। टिकटकले अमेरिकी नागरिकको डाटा गोप्य नराख्ने भएकाले अमेरिकाले यो कानुनमा हस्ताक्षर गरेको बताइएको छ । तर, टिकटकले भने यो कुरालाई अस्वीकार गर्दै आएको छ ।

टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइट डान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्न नौ महिनाको समय दिइएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा अमेरिकाको प्रतिनिधि सभाका ३६० जना सांसदले मतदान गरेका थिए भने ५८ जना सांसदले विपक्षमा मतदान गरेका थिए । अर्थात् अधिकांश सांसद टिकटकले शेयर बेच्नुपर्ने वा डेटा दिनुपर्ने भन्ने मान्यतामा समर्थन जनाएका थिए ।

टिकटकको चीनसँगको सम्बन्धको कारण अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विषय उठेको हो । चीनले अमेरिकी टिकटक प्रयोगकर्ताका माध्यमबाट ठूलो मात्रामा डेटा सङ्कलन गरिरहेको चिन्ताका कारण टिकटक प्रतिबन्धित हुनुपर्नेमा अमेरिकाले जोड दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here