सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी

काठमाडौं । नेपाली सेनाले प्राविधिक/ हवाई/विविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित गर्दै नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल देखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न संख्यामा कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here