काठमाडौंका यी स्थानमा तीन दिन ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । भोलिदेखि काठमाडौंका विभिन्न स्थानमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएका कारण आपूर्ति बन्द हुने भएको हो ।

प्राधिकरणका अनुसार शनिबार, सोमबार र मंगलबार विद्युत् आपूर्ति बन्द हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here