सिंहदरबार छिर्ने गेट पास अब अनलाइनबाटै, यसरी लिनुहोस्

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय प्रवेश गर्नका लागि अनलाइनबाटै प्रवेश पास लिने व्यवस्थाको आइतबारदेखि सुरुवात गरेको छ । आइतबारदेखि आफैँले अनलाइन प्रणालीबाटै आवेदन दिएर सिंहदरवार प्रवेश पास लिन सकिने व्यवस्था सुरुवात भएको मन्त्रालयले जनाएको हो ।

प्रवेश पासका लागि मोबाइल वा कम्प्यूटरमा प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गरेर वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी लग इन गरेर प्रवेश पास प्राप्त गर्न सक्छन् ।

अनलाइन प्रणालीबाट दिएको आवेदन गृह मन्त्रालयले स्वीकृत गरेपछि त्यसै प्रणालीमा प्रवेश पास क्युआर कोडमा उपलब्ध हुनेछ । त्यहि क्युआर कोड प्रवेशका लागि सिंहदरवार गेटमा देखाउनुपर्ने छ । उनका अनुसार नागरिकले एक दिनदेखि तीन महिनासम्मको अस्थायी पास आवेदन गर्न सक्नेछन् ।

‘सिंहदरबार पास’ नामक वेबसाइटमा जानुपर्ने हुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here