मिलनकै वडामा रास्वपा कमजोर, सुहाङलाई सर्वाधिक मत

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा एमाले उम्मेदवार सुहाङले मतान्तर बढाउँदै लगेका छन्। रास्वपाले जित्ने अपेक्षासहित उम्मेदवार बनाएका युवा मिलन योङहाङ लिम्बूले आफ्नै वडामा पनि कमजोर देखिएका छन् ।

उनकै वडामा सय मत कटाउन सकेनन् । उनी माङसेबुङ गाउँपालिका वडा नम्बर २ का मतदाता समेत हुन् । सो वडाको अन्तिम गणनामा मिलनले ९६ मतमात्र प्राप्त गरेका छन् ।

माङ्सेबुङ २ मा पनि एमालेका सुहाङ नेम्वाङले नै सर्वाधिक ५८६ मत पाएका छन् । दोस्रोमा कांग्रेसका डम्बर खड्काको ३५१ र पहिचानवादी डकेन्द्र थेगिमको ३१७ मत आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here