बझाङमा समाजवादीसहित ८ उम्मेदवारको धरौटी जफत

काठमाडौं । बझाङमा सम्पन्न प्रदेशसभा सदस्य उपनिर्वाचनमा एकीकृत समाजवादीसहित ८ उम्मेदवारको धरौटी जफत भएको छ।

सोमबार दिउँसो सम्पन्न अन्तिम मतपरिणाम अनुसार कूल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेकाहरूको धरौटी जफत भएको हो।

धरौटी जफत हुने अन्य उम्मेदवारहरूमा राप्रपाका किशोर कुमार खड्का (२४२), जसपाका रामबहादुर जाग्री (३५) गजेन्द्र बहादुर थापा (३५), दीपकबहादुर खड्का (२८) सुशीला देवी विष्ट (२६), खगेन्द्रबहादुर शाही (२४) र कमल घर्तीमगर (२) रहेका छन्।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ मा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने उल्लेख छ। निर्वाचित उम्मेदवारको हकमा भने यो लागू हुने नहुने कानुनी व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here