इलाममा घण्टीले कटायो २ हजार भोट

काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । १४ हजार ६१३ भोट ल्याएर सुहाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ५ हजार ३०२ मतले लिड गरिरहेका छन् । खड्का ९ हजार ३११ भोटका साथ पछ्याइरहेका छन् ।तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकिन्द्रको ८ हजार ५७० मत छ । रास्वपाका मिलन लिम्बू २ हजार ५७ भोटका साथ चौथो स्थानमा छन् । अहिलेसम्म ३६ हजार ५३ भोट गनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here