सुनको मूल्य एकैदिन तोलामा दुई हजारले बढ्यो

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ।

यस्तै, बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ। बुधबार प्रतितोला रु एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने रु एक हजार छ सय ४५ निर्धारण भएको छ।