झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ विन्दुमा पुगेको हो ।

यसदिन ३०८ कम्पनीको ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७२६ रुपैयाँ बराबरको ९४ लाख ९८ हजार २९८ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये २ समूहको बाहेक सबैको परिसूचक घटेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ७७ लाख रुपैयाँ बढीको ४ लाख ९७ हजार ५७ कित्ता शेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समता घरेलु, इन्फिनिटी र साधना लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । पिपुल्स पावरका शेयरधनीले भने सर्वाधिक ८.२१ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here