वेष्टइण्डिज ‘ए’ सँगको तेस्रो हारसँगै नेपालले एक खेल अगावै गुमायो सिरिज

काठमाडौं । वेष्टइण्डिज ‘ए’ सँग लगातार तेस्रो हार व्यहोरेसँगै घरेलु टोली नेपालले पाँच खेलको टी-२० सिरिज गुमाएको छ।

बिहीबार भएको सिरिजको चौथो खेलमा वेष्टइण्डिज ‘ए’ सँग २८ रनले पराजित भएपछि नेपालले घरेलु मैदानमा भएको सिरिज एक खेलअगावै गुमाएको हो।

वेष्टइण्डिज ‘ए’ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१ रन बनाउँदा इनिङ्सको अन्तिम बलमा अलआउट भयो।

नेपाली टोलीका कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे।

सन्दीप जोरा र दीपेन्द्र सिंह ऐरी समान १९ रन बनाउँदा क्याच आउट हुन पुगे। सोमपाल कामी १० रन बनाउँदा आउट भए।

सिरिजको अन्तिम तथा पाचौँ खेल शनिबार हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here