नेपाल टेलिकमलाई ५ बर्षको लाइसेन्स

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई ५ बर्षका लागि लाइसेन्स प्रदान गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दूरसंचार ऐनको धारा २० को अधिकार प्रयोग गरी सोही ऐनको धारा ३३ को ४ मा उल्लेख गरिएको व्यवस्था अनुसार टेलिकमलाई लाइसेन्स प्रदान गर्न निर्देशन दिने निर्णय गरेको थियो ।

कम्पनीको जीएसएम सेवाको लाइसेन्सको अवधि शुक्रबारसम्मका लागि मात्र भएकोले कम्पनीलाई लाइसेन्स प्रदान गरेको हो ।

प्राधिकरणले आगामी ५ बर्षका लागि टेलिकमलाई २१ करोड रुपैयाँ शुल्क तोकेर लाइसेन्स जारी गरेको हो ।

दूरसंचार ऐनमा कुनैपनि दूरसंचार सेवाप्रदायकको लाइसेन्स अवधि २५ बर्षको हुने व्यवस्था छ । तर, उक्त लाईसेन्स पहिलोपल्ट १० बर्षका लागि दिईने र त्यसपश्चात प्रत्येक ५–५ बर्षमा नविकरण गर्नुपर्ने व्यवस्था छ ।

ऐनको धारा ३३ को ४ मा पहिलो सेवा प्रदान गर्दै आएको ५० प्रतिशतसम्म विदेशी लगानी भएको दूरसंचार सेवाप्रदायकलाई पुनः लाइसेन्स दिन सकिने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here