कीर्तिमानी आरोही कामीरिता शेर्पाले तोडे आफ्नै रेकर्ड

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आइतवार बिहान ७ः२५ बजे सगरमाथाको २९ औं पटक सफल आरोहण गरेका हुन् ।

विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले यसअघि सन् २०२३ मा २८ र २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

त्यसअघि सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औं पटक सगरमाथाको आरोहण गरेका थिए । कामीरिता सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए ।

कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् । कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here