टेलिकमको खुद नाफा साढे पाँच अर्ब, आम्दानी ६ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल टेलिकमको खुद नाफामा सामान्य सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३.३६ प्रतिशतले बढेकोे छ ।

चालु वर्षको चैत मसान्तसम्म टेलिकमले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १८ करोड रुपैयाँ धेरै हो । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा टेलिकमको आम्दानी घटे पनि वित्तीय खर्च घट्दा नाफामा वृद्धि भएको हो । यस अवधिमा कम्पनीको बिक्री आम्दानी ६.८२ प्रतिशत घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिमा कम्पनीको यस्तो आम्दानी २७ अर्ब ३४ करोड रुपैयाँ थियो ।

कम्पनीको वित्तीय आम्दानी ८.९ प्रतिशतले घटेर ५ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ । कुल आम्दानी ६.०३ प्रतिशतले घटेर ३१ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ ।

हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ संचित छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेकोे छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.३५ रुपैयाँ बढेर ४१.४४ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.१३ गुणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here