आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ।

राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे सोमबार विभागमा आयोजित सार्वजनिक कार्यक्रममा मौसमविद् सुदर्शन हुमागाईंले अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५.४ प्रतिशतदेखि ५५.४ प्रतिशतसम्म रहेको बताए।

सुदूरपश्चिम प्रदेशको उत्तरी-पश्चिम भूभाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य-पश्चिम भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५.४ देखि ६५.५ प्रतिशतसम्म रहेकाे जनाएको छ।

त्यस्तै, कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग तथा कोशी प्रदेशको उत्तर-पूर्वी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here