के छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामि आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ ।

सरकाले आगामी वर्ष सरकारको स्वामित्व भएका साझा सहकारी एकीकरण गर्ने, बैंक तथा वित्तीय संस्था, बीमा, पूँजी बजारमा समस्या समाधान गर्न अध्ययनबाट प्राप्त सुझावहरू कार्यान्वयन गर्ने, सहकारीको समस्या समाधान गर्न विशिष्टकृत निकाय स्थापना गर्ने, लघुवित्तका ऋणीको ऋण पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ ।

त्यस्तै, १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत् र ४१७ मेगावाटको नलगाड जलविद्युत् आयोजनाको निर्माण थाल्ने घोषणा गरेको छ ।

त्यसैगरी, नवपर्वतनको विकास र प्रबद्र्धन गर्न १ हजार युवालाई स्टार्टअप बिजनेस सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, वैदेशिक रोजगारीबाट फर्केका युवाको उद्यमशीलता विकास गर्ने, १ हजार साना उद्यमीलाई सहयोग गर्ने, सूचना प्रविधि क्षेत्रमा ५ हजार रोजगारी सृजना गर्ने, समाजिक सुरक्षको दायार विस्तार गर्ने घोषणा गरेको छ ।

त्यस्तै, सरकारले सडक, रेल तथा जलमार्ग समेटी एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने भएको छ । ग्रामीण समुदाय, उत्पादनशील कृषि क्षेत्र र सामाजिक आर्थिक केन्द्रलाई सडक सञ्जालले जोड्ने सरकारको योजना छ ।

रणनीतिक तथा व्यापारिक महत्वका सडकखण्डको निर्माण र स्तरोन्नति गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिइने भएको छ ।

मध्यपहाडी लोकमार्गलाई समृद्धि कोरिडोरका रूपमा विकास गर्न विद्युत्, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका पूर्वाधार विकास गरी उत्पादन, उत्पादकत्व, उद्यमशीलता र रोजगारी सिर्जना गर्न लागिएको छ ।

यातायात खर्च न्यून गर्न र ट्राफिक चाप घटाउन सुरुङमार्ग, द्रुतमार्ग, फ्लाइओभर, अण्डरपास र ओभरपासजस्ता आधुनिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ । काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग सडक निर्माण २०८३ सालभित्र सम्पन्न गरिने कार्यक्रममा उल्लेख गरिएको छ । आगामी आर्थिक वर्षभित्र नागढुङ्गा सुरुङमार्ग र ग्वार्को ओभरपास सञ्चालनमा ल्याउने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here