गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टेन्डर रद्द

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेकोमा टेन्डर आवह्वान गरिएको थियो । महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जनाएको हो ।

महानगरले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरिएको हो । महानगरले ३० दिनको म्याद राखेर गत फागुन १७ गते टेन्डर आह्वान गरिएको थियो । सो टेन्डरमा एमए कन्स्ट्रक्न प्रालिले ठेक्का हालेको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतको सल्लाहमा टेन्डर रद्द गरेर नयाँ टेन्डर निकाल्न लागिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here