उच्च अदालतबाहिर सन्दीप लामिछाने समर्थकको नाराबाजी

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ बुधबार पनि जारी छ ।

मुद्दामा गौशाला २६ पक्षको बहस सकिएको छ । खाजा समयपछि सन्दीप पक्षका दुई वकिलहरूले जवाफी बहस गर्नेछन् । त्यसपछि बहस टुंगिनेछ र फैसलाको प्रक्रियामा जानेछ । न्यायाधीशहरूले आजै फैसला सुनाउने तयारी छ ।

भित्र बहस जारी रहँदा बाहिर समर्थकहरू भने सन्दीपको पक्षमा नारा लगाइरहेका छन् । उच्च अदालत परिसर हरिहर भवनअगाडि सन्दीपका समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here