काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन दिन नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा झरेको हो ।
यसदिन ३१५ कम्पनीको ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ बराबरको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा बाहेका सबैको बढेको छ ।
आज पिपुल्स पावरको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड ८९ लाख रुपैयाँ बढीको २ लाख १८ हजार ४४६ कित्ता शेयर किनबेच भएको छ ।
आज ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको मात्र घटेको छ । घट्दो बजारमा पनि आज दुई लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्तका शेयर धनीले भने १० प्रतिशत गुमाएका छन् ।