नवलपरासीमा भयानक सडक दूर्घटना, ६ जनाको मृत्यु, दर्जनौं घाइते

नवलपरासी, ७ असोज । ट्रकले कारलाई ठक्कर दिएपछि भएको दूर्घटनामा परी नवलपरासीमा ५ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर, कावासोती नगरपालिकामा ट्रक र कार जुधेका थिए ।

प्रहरीका अनुसार लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएर भएको दूर्घटनामा कारमा सबै पुरुषको मृत्यु भएको हो । दूर्घटना खरकट्टा जंगल क्षेत्रमा भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमध्ये नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगामगर र कैलालीका सुरज राना मगरको सनाखत भइसकेको र अन्य दुई जनको पहिचान हुन बाँकि रहेको छ ।

उता, नवलपरासीमै मंगलबार राती भएको बस दूर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

मध्यविन्दु नगरपालिका १०, स्थित जंगलमा राती यात्रुबाहक बस दुर्घटनामा परेको थियो ।

दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस दूर्घटना हुँदा चालक मकवानपुरका लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।
नवलपरासीमै मंगलबार बिहान सुर्खेतबाट काठमाडौं आउँदै गरेको बस दूर्घटनामा ५ जना घाइते भएका छन् । ४० किलो भन्ने स्थानमा बस दूर्घटना भएको हो ।

नजिकिएको दशैंसँगै राजमार्गमा सवारी साधनको अधिक चाप हुने हुनाले दूर्घटनाको दर पनि उत्तिकै मात्रामा बढ्ने गरेको छ । राजमार्गमा अधिक गतिका कारण धेरै सवारी साधन दूर्घटनामा पर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here