काठमाडौं । अब घरजग्गा कारोबार गर्नलाई पनि नेपाल राष्ट्र बैंकले सहज नीति बनाएको शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले अब ७० प्रतिशतसम्म कर्जा पाईने व्यवस्था गरेको हो ।
जसअनुसार घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने राष्ट्र बैंकले बताएको छ ।