काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ ।
राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति समीक्षा गर्दै कर्जा लगानीमा केही सजीकरण गरेको छ । राष्ट्र बैंकले मुख्य गरी सवारी कर्जा र घरजग्गा कर्जामा केही लचकता अपनाएको छ ।
राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिमभार घटाएर १०० प्रतिशतमा झारेकाे छ । यसअघि यस्तो कर्जाको जोखिम भार १२५ प्रतिशत थियो ।
त्यसैगरी, राष्ट्र बैंकले घरजग्गा कर्जाम ऋण भुक्तानी अनुपातको सीमा बढाएको छ । घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरेको छ । यसले घरजग्गा कर्जाको माग बढाउन सहयोग गर्नेछ ।
यस्ता छन् राष्ट्र बैंकले गरेका मुख्य ७ व्यवस्था
१. ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ ।
२.बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिनेछ ।
३.बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई१०० प्रतिशत कायम गरिनेछ ।
४. बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ ।
५. बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुकोलागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ ।
६.घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात Debt Service to Gross Income Ratio) लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ ।
७. चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।