कीर्तिपुरमा दुई पक्षबीच ग्याङ फाइट हुँदा खुकुरी प्रहार, ९ जना पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा दुई पक्षबीच झडपको क्रममा खुकुरी प्रहार भएको छ। नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान भएको हो । झडपको क्रममा खुकुरी प्रहार गर्ने समूहका ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २७ वर्षीय मोहन खड्का, २१ वर्षीय धुर्वबहादुर विष्ट, २० वर्षीय उपेन्द्र सिंह, २० वर्षीय सुदीप गिरी, २३ वर्षीय नवीन भनिने नृप भण्डारी, २७ वर्षीय जयन्त धानुक, २० वर्षीय तेज थापा, २२ वर्षीय तपेन्द्रराज खाती र २१ वर्षीय सुनिल रोकाया छन्।

झडप हुँदा कीर्तिपुर नगरपालिका–१० चिट्टुबिहार घर भएका २४ वर्षीय साजिस श्रेष्ठलाई कैलालीको घोडाघोडी नगरपालिका–१० घर भएका तपेन्द्रराज खातीले घाइते बनाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट श्रेष्ठको बाँया हातमा पूर्ण क्षति पुगेको बताइएको छ ।

पक्राउ परेकाहरु विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here