फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रो पटक सगरमाथा शिखरमा

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथामा पुग्न सफल भएकी छन्।

पत्रकार श्रेष्ठले आइबार बिहान ३ बजेर पाँच मिनेट जाँदा तेस्रोपटक सगरमाथा शिखर चुमेको सामाजिक सञ्जाल मार्फत जानाकारी दिइकी हुन् । यो एक सातामा दोस्रो पटक हो । आठ दिनअघि (१२ मेमा) मात्रै उनले दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्।

पूर्णीमाले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन्। २०७४ मा उनले मनास्लुको सफल आरोहण गरेकी थिइन् ।

त्यसपछि अन्नपूर्ण र धौलागिरि आरोहण गरिन्। उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन्। विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन्।

श्रेष्ठ विगत एक दशकदेखि फोटो पत्रकारिता गर्दै आएकी छन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी उनी सफल हिमाल आरोही समेत हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका हिमाल आरोहण गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here