काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिने युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेकाे हाे।
उनले इन्स्टाग्राममा प्रधानमन्त्री शाहलाई २३ भदौमा सिध्याइदिने भनेर लेखेका थिए ।
