काठमाडौं हुँदै नारायणगढ जाने सवारी सञ्चालनमा राेक

काठमाडौं । काठमाडौं हुँदै नारायणगढ तर्फ जाने सबै प्रकृतिका सवारी साधनहरुको आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ । भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको बाढीका कारण नारायणगढ काठमाडौं सडक खण्ड अन्तर्गत धादिङ जिल्लाको बैरेनी लगायतका स्थानहरुमा सडक अवरुद्ध हुन पुगेको, त्यस्तो अवरोध हटाउन केही समय लाग्ने भन्ने सूचना सम्बन्धित निकायबाट प्राप्त भएको अवस्था समेतलाई मध्यनजर गरी अर्को सूचना प्रकाशित नभएसम्म राेक लगाइएकाे हाे।

बाढी पहिरोको जोखिम पूर्ण रुपमा निवारण भइनसकेको हुँदा नदी तटीय क्षेत्रमा बसोबास गर्नुहुने नागरिकहरुले उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहनु हुन अनुरोध गरेकाे छ। साथै बाढी, पहिरो, सवारी आवागमन लगायतका विषयमा कुनै सूचना, जानकारी वा समस्या परेमा निम्न नम्बरहरुमा सम्पर्क गर्न समेत सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि अनुरोध छ ।

बाढि सम्बन्धि वा सडकबारे जानकारीका लागि यी नम्बरमा सम्पर्क गर्न
सकिने छ।
नेपाल प्रहरी – १००

ट्राफिक प्रहरी – १०३

सशस्त्र प्रहरी वल नेपाल १११४

जिल्ला आपतकालिन केन्द्र (DEOC) १२३४

जिल्ला प्रहरी कार्यालय, चितवन (सूचना अधिकारी) – ९८५५०१३९९९

जिल्ला प्रशासन कार्यालय, चितवन (सूचना अधिकारी) – ९८५५०९२२००

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन (सञ्चार) – ९८५५०९०१००