काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ ।
महानगरले सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा डोजर चलाएको हो। महानगरपालिकाका मेयर बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।