ट्राफिक प्रहरीको हत्यामा संलग्न १३ वर्षका नाबालकसहित ७ आरोपी सार्वजनिक

काठमाडौं । प्रहरीले ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर उनिहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।

समात्नको लागि प्रहरीले हवाई फायर समेत गर्नु परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले पत्रकार सम्मेलनमा भने । अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको पत्रकार सम्मेलन गरेर रजौरेले भने ।

तारकेश्वर नगरपालिका-९, मनमैजुमा गएको शुक्रबार एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here