बेलायतका नेपालीसँग प्रधानमन्त्री सुनक, गोर्खा सैनिकको गरे प्रशंसा

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार साँझ पहिलोपटक नेपाली समुदायसामु टेन डाउनिङ स्ट्रिटबाट सम्बोधन गरेका छन्।

नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा लण्डनस्थित प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा विशेष समारोहको आयोजना गरिएको थियो।

कार्यक्रममा प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरुको चर्चा गर्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गरे। सुनकले बेलायतस्थित नेपाली डायस्पोराको काम र उपलब्धिहरुबाट आफू प्रेरित भएको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here