नबिल बैंक कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा दोस्रो

काठमाडौं । आर्थिक मन्दीकै बीच व्यवसाय विस्तारमा नबिल बैंक सबैभन्दा आक्रमक देखिएको छ । १० महिनाको अवधिमा २० वाणिज्य बैंकमध्ये नबिल कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा दोस्रो स्थानमा रहेको छ ।

समीक्षा अवधिमा नबिलले सबैभन्दा धेरै ४५ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो वाणिज्य बैंकहरूले चालु आवमा गरेको कुल कर्जा लगानीको २१.९० प्रतिशत हो ।

यस्तै, यस अवधिमा नबिलले ५१.७१ अर्ब निक्षेप संकलन गरेको छ ।यो कुल निक्षेपको १३.५२ प्रतिशत हो ।

चालु आवमा नबिलपछि प्राइमले दोस्रो धेरै कर्जा लगानी गरेको छ । वैशाखसम्म प्राइमले २७ अर्ब ५ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

त्यसैगरी, वैशाखसम्म कृषिले १६ अर्ब ७३ करोड, एनआइसीले १६ अर्ब ६ करोड, एभरेष्टले १६ अर्ब ४१ करोड, ग्लोबल आइएमईले १४ अर्ब ११ करोड, नेपालले १३ अर्ब ७६ करोड, सिटिजन्सले १२ अर्ब ८५ करोड, सानिमाले ११ अर्ब ८१ करोड, सिद्धार्थले ११ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here