पशुपतिको भेटी चोरी आरोप लागेकाको बयान-‘ दुई-तीन महिनादेखि चोरी रहेका थियौं’ (भिडियो)

फाइलफोटो

काठमाडौं । पशुपतिनाथको भेटी चोरी गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिले दुई-तीन महिनादेखि नै आफूहरूले भेटी चोरी गर्दै आएको बयान दिएका छन्। पशुपति क्षेत्र विकास कोषका सातसहित आठ जनालाई प्रहरीले जेठ ७ गते सोमबार पक्राउ गरेको हो।

पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको छ। कोषको नेतृत्वले महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको छ।

कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले भेटी कक्षबाट लिएको पैसा बाहिर आएर बाँडफाड गर्ने गरेको बताएका छन्।

दैनिक ३ देखि ४ लाख रूपैयाँ भेटी संकलन हुने गरेको छ।

दिनभर संकलन भएको भेटी साँझ गनेर मेघा बैंकको कर्मचारीलाई बुझाउने गरिएको छ। भेटी गडबड हुन थालेपछि डेढ वर्षअघि भेटी गन्ने कक्षमा निगरानी गर्न थालिएको थियो।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here