यूएईमा ‘उत्सव र उमंग, सिटी एक्सप्रेससँग २०८१’ सांगीतिक कार्यक्रम सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यूएईस्थित बरदुबईको एस् के–७ क्लबमा ‘उत्सव र उमंग, सिटी एक्सप्रेससँग’ सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनले गरेका थिए । टन्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुर्‍याएको बताए ।

कार्यक्रममा टन्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीहरूको कमाइलाई सुरक्षित रूपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । साथै, कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै नेपालीहरूको मनोरञ्जनका लागि यस्ता कार्यक्रम आयोजना गर्दा थप सन्तुष्टि मिलेको पनि उनले व्यक्त गरे ।

सांगीतिक कार्यक्रमले क्लबलाई उल्लासमय बनाएको थियो । नेपालका प्रसिद्ध कलाकारहरूले आफ्ना प्रस्तुती दिएर दर्शकलाई मन्त्रमुग्ध पारे । चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको प्रस्तुती दर्शकले निकै रुचाएका थिए ।

यस्तै, चर्चित आधुनिक गायिका मिलन नेवारको स्वरले कार्यक्रमलाई थप भव्य बनाएको थियो । लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारले गीतमार्फत् उत्कृष्ट प्रस्तुती दिएका थिए भने कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुती दिएकी थिइन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर यूएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा यूएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै यसले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here