अमेरिकी दूतावासले भन्यो -‘नेपाली क्रिकेट टोलीलाई शुभकामना, सन्दीपको भिसाबारे टिप्पणी गर्न सक्दैनौँ’

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले आइसिसी टी-२० विश्वकप २०२४ मा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिँदै क्रिकेटर सन्दीप लामिछानेलाई भिसा अस्विकार गरेको विषयमा टिप्पणी नगर्ने बताएको छ।

दूतावासले भनेको छ, ‘उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भइ काम गरेका छन्। अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ।’