जागिर नै खाइदिने जोखिम बढाउँदै एआई

काठमाडौं । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स एआईले हाम्रो दैनिक कार्यलाई सजिलो मात्र बनाएको छैन काम छिटो सम्पन्न गर्न सहयोग समेत गरेको छ । त्यसो त हामीले गर्ने सबैप्रकारका काम एआईले गरिदिने भएपछी जागिर नै खाइदिने जोखिम बढाएको छ ।

यसैबीच प्रविधिका दिग्गज तथा एक्समा मालिक एलन मस्कले अबको केही समयपछी हामीमध्य अधिकांशको जागिर एआई अथवा रोवर्टले खाइदिने बताएका छन् । तर त्यो नराम्रो कुरा नभएको बताए ।

टेक कन्फरेन्समा उनले अब सौखका लागि मात्र लागि जागिर खानपर्ने अवस्था आउने जानकारी दिए । किनकी एआई रोवोर्टले नै सबै प्रकारका सेवा तथा सुविधा प्रदान गर्नसक्नेछन् । पेरिसमा आयोजित भिभा टेक २०२४ मा उनले केही बर्षपछी जागिर अनिवार्य भन्दा पनि विकल्प बन्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here