नागरिकता कीर्ते आरोप लागेका सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा प्रहरीले पुनः ३ दिनको म्याद पाएको छ ।

धनुषा जिल्ला अदालत जिल्लाका न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न दोस्रो पटक ३ दिनको म्याद थपेको हो ।

इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात जना वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्नेगरी सिरोहियालाई साधारण तारिखमा छाड्न अपिल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here