एक सिजनमै ३ पटक सगरमाथा चढेर पूर्णिमाले राखिन नयाँ किर्तीमान

काठमाडौं । फोटो पत्रकार तथा हिमाल आरोही पूर्णिमा श्रेष्ठले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान बनाएकी छिन्। एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोहीको रुपमा उनले रेकर्ड कायम गरेकी हुन्।

उनले आफ्नो फसबुक पेजमार्फत आज विहान ५ बजेर ५० मिनटमा सगरमाथा चुचुरोमा पुगेको जानकारी दिएकी हुन् । यो सिजनमा उनले मे १२, मे १९ र मे २५ मा सगरमाथा आरोहण गरेकि हुन् । उनले नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्।

पूर्णीमाले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन्। २०७४ मा उनले मनास्लुको सफल आरोहण गरेकी थिइन् ।

त्यसपछि अन्नपूर्ण र धौलागिरि आरोहण गरिन्। उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन्। विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन्।

श्रेष्ठ विगत एक दशकदेखि फोटो पत्रकारिता गर्दै आएकी छन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी उनी सफल हिमाल आरोही समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here