महिला ट्राफिक प्रहरीले महिनावारीको चार दिन सडकमा ‘ड्युटी’ गर्नु नपर्ने

काठमाडौं । महिला ट्राफिक प्रहरीले अबदेखि महिनावारीको चार दिन सडकमा ड्युटी गर्न नपर्ने भएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आज सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको अवसरमा सुभकामना दिँदै ट्राफिक महिलाहरुले महिनावारीको चार दिन सडकमा ड्युटी गर्नु नपर्ने जनाएका हुन् ।

उनले भनेका छन्– ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम्सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here