सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम उल्लेख

काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा ४ बुँदे सहमति भएको छ ।

कार्यदलबीचको सहमतिपत्र कानूनमन्त्री पदम गिरीले सदस्यहरूको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका छन् । टीओआरमा विभिन्न २९ वटा सहकारीको नाम उल्लेख गरिएको छ। त्यस्तै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको कम्पनी ‘गोरखा मिडिया’ को पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ।

सात सदस्यीय समितिमा कांग्रेस र एमालेबाट दुई/दुई, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक/एक जना रहने बताइएको छ।

समितिलाई प्रतिवेदन बुझाउनका लागि ३ महिनाको समय दिइएको छ। कार्यदलले टिओआरसँगै अनुसूची १ र २ मा गरी अध्ययन गर्ने २९ वटा सहकारीका नाम उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here