‘छक्कापञ्जा ५’मा वर्षा शिवाकोटी, ‘राजा’ले गरे बिहे

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ५’मा अभिनेत्री वर्षा शिवाकोटी अनुबन्ध भएकी छन्। बिहीबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिसमेत घोषणा गरेको छ । यो फिल्म आगामी असोज २४ गते फूलपातीमा रिलिज हुनेछ।

पोस्टरमा वर्षासहित दीपकराज गिरी र केदार घिमिरे (माग्ने बूढा) फिचर्ड छन्। जहाँ दीपक र वर्षालाई जोडीको रूपमा हेर्न सकिन्छ। राजा पात्रको भूमिकामा रहेका दीपकले वर्षालाई बिहे गरेको देख्न सकिन्छ। माग्ने बूढा भने छेउमा उभिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here