सडक डिभिजनले महानगरलाई भन्यो-‘न्यूरोडको सडक दुई दिनभित्र बनाइदिनू’

काठमाडौं । सडक डिभिजन कार्यालय, काठमाडौंले काठमाडौं महानगरपालिकालाई न्यूरोडस्थित जुद्ध शालिक-इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ।

बुधबार डिभिजन प्रमुख नारायणदत्त भण्डारीले काठमाडौं महानगरका नाममा एक पत्र जारी गर्दै भत्काएको सडक दुई दिनभित्र बनाइदिन अनुरोध गरेका हुन्।

काठमाडौँ डिभिजन प्रमुख नारायण दक्त भण्डारीले बुधबार महानगरलाई पत्र लेख्दै भत्काएको सडक बनाउन अन्यथा सार्वजनिक सडक ऐन, २०३१ दफा १९ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। उक्त दफामा जसले सडक भत्काएको हो उसले बनाउनुपर्ने डिभिजनले बनाउनु पर्दा लागेको रकम बिगार्ने निकायबाट भराउने व्यवस्था छ।

भण्डारीले पठाएको पत्रमा भनिएको छ, ‘सडक यथास्थितिमा पुनस्थापना गरिदिनु हुन भनी मिति २०८१/२/१३ मा पुनः अनुरोध भएकोमा हालसम्म पनि पुनस्थापना भएको देखिएन। नेपालको प्रचलित कानून भन्दा ठूलो कोही नहुने र प्रचलित कानून अक्षरस पालाना गर्नु पर्ने कर्तव्य एवं दायित्व सबैको हुने कुरा तहां महानगरपालिकालाई विदितै छ । तसर्थ, तहांबाट भत्काइएको सडक खण्ड २ दिन भित्र पुनस्थापना गरिदिनु हुन अनुरोध छ । अन्यथा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारवाही प्रकृया अगाडी बढाउन व्यहोरा समेत अनुरोध छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here