फेरी आकाशियो सुनको भाउ, एकैदिन तोलामा २३ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य फेरी उकालो लागेको छ। आज सुनको भाउ पुनः १ लाख ४० हजार रुपैयाँको विन्दु पार गरेको छ ।

केही दिनयता ओरालो लागिरहेको सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यता चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला १९ सय ३० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १९ सय रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here