ट्राफिक नियम मिच्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेका नागरिकलाई ‘स्वयंसेवक’को नाममा सडकमा उभ्याउने कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बझाङको थलरा गाउँपालिका १ सिम्तोला बस्ने २२ वर्षीय कृष्ण विकसहित ६ जनाले रिट दायर गरेका हुन्।

उनीहरुले रिटमा गृह मन्त्रालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएका छन्। उनीहरूले सरकारको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत र संविधानले अवलम्बन गरेका सिद्धान्त एवं मौलिक हकको हनन भएको रिटमा उल्लेख गरेका छन्।

गणतन्त्र दिवसका दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमा लेख्दै मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयंसेवकका रुपमा साटो सडकमा सघाउने बताएका थिए ।

गृहमन्त्रीको त्यस जानकारीपछि भोलिपल्टदेखि नै सडकमा ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई उभ्याएर श्रम गराउन थालिएको छ । कानुनको उचित प्रबन्ध बिना नागरिकलाई सडकमा उभ्याउने कदमको विरोध हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here