बालेन र वडाध्यक्षबीच चर्काचर्की

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका वैठकमा न्युरोडमा महानगरले गरिरहेको फुटपाथ विस्तारको विषयमा मेयर बालेन साह र २२ नम्बर वडाका अध्यक्ष चिनिकाजी महर्जनबीच चर्काचर्की परेको छ ।

बलेनले फुटपाथमा हिँड्न गाह्रो भयो, पाकेटमार बढ्यो, यौन दुर्व्यवहार भयो, साँघुरो भयो भनेर फुटपाथ बढाउँदा तपाईंलाई के समस्या के हो भन्दै प्रश्न गरेका थिए ।

महर्जनले आफ्नो क्षेत्रमा फुटपाथ विस्तार हुँदा पत्रिका पढेर थाहा पाउनुपर्ने बताए । बालेनले दैनिक १ लाखभन्दा बढी हिँड्ने फुटपाथको साइज कत्रो चाहिन्छ थाहा छ तपाईंलाई ? प्रश्न गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here