मेयर बालेन शाहको सिंगापुर भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकमा निर्णयहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को सिंगापुर भ्रमण सरकारले स्वीकृत गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय गरेको हो ।

यस्तै प्रधानमन्त्री कार्यालयकै प्रस्तावमा जर्मनीको बोनमा सञ्चालन हुने यूएन क्लाइमेट कन्फ्रेन्स अन्तरगतको एक्सपर्ट डाइलग अन माउन्टेन एण्ड क्लाइमेट चेन्ज कार्यक्रममा योजना आयोगकै सदस्य डा.अरनिकोकुमार पाँडेलाई जेठ २१ गतेदेखि २५ गतेसम्म सहभागि हुन स्वीकृति दिने निर्णय गरेको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here