पर्यटन मन्त्रीले गरे चाइना साउदर्नका क्याविन क्रुलाई विमानस्थलमा स्वागत

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले चाइना साउर्दनका प्रतिनिधिलाई विमानस्थलमा स्वागत गरेका छन् । शनिबार मन्त्री तामाङ र चाइना साउर्दन विमान कम्पनिको नेपालस्थित प्रतिनिधिले चीनको गोन्जाउबाट काठमाडौं उडानको आधिकारिक थप उडानको क्याविन क्रुहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । मन्त्री तामाङले आगामी दिनमा चाइना साउर्दन विमानको व्यवसायिक उडान थप विश्वासिलो, सुरक्षित बनाउन अझै प्रभावकारीता अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । अहिले चीनले कोभिडपछि बन्द सबै उडानहरु नियमित गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here